Breaking News.... EverestOnlineKhabar
October 2, 2026

आयल निगमका कार्यकारी निर्देशक खड्काले गरे पदबाट राजीनामा

Loading

काठमाडौँ  । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको बताए ।

उनले भने, ‘मैले राम्रो नियतले नै पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल गरेको थिएँ। तर देशी/विदेशी शक्ति र अन्य समूहले म विरुद्ध खनिएर बद्नाम गरे।’

‘मलाई मन्त्रिपरिषद्ले हटाए पनि सर्वोच्चले मेरो लागि स्टे अडर जारी गरेको थियो। र, म हाजिर भएँ। हाजिर भएपछि पनि मलाई कुनै जिम्मेवारी दिइएन। मेरो मनोबल गिराउने काम भयो। त्यसैले मैले राजीनामा दिएँ’  उनले भने ।
आयल निगममा उनलाई इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed