![]()
एजेन्सी,जेठ ।
डिफेन्डिङ च्याम्पियन जर्मनीले आउँदो विश्वकप फुटबलका लागि अन्तिम टोलीको घोषणा गरेको छ । घोषणा गरेको टोलीमा म्यानचेस्टर सिटीबाट खेल्ने लेरोय साने अटाएनन्। प्रशिक्षक जोकिम लोले आफ्नो अन्तिम टोलीमा लयमै रहेर गएको सिजन म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सानेबाहेको २३ खेलाडी चयन गरेका हुन्। यसैगरी गोलकिपर बेर्न्ड लेनो र जोनाथन टाह पनि विश्वकप खेल्ने टोलीमा अटाएनन्।
यस्तै सन् २०१४ को विश्वकप फाइनलमा विजयी गोल गरेर उपाधि दिलाएका मारिओ गोटेज पनि टोलीमा यसपटक छैनन्।
जर्मनीको अन्तिम विश्वकप टोली यस प्रकारको रहेको छः
गोलकिपर – म्यानुयल नोयार, मार्क–आन्द्रे टेर स्टेघन
डिफेन्डर – म्याट हमेल्स, जोसुवा किमिच, एन्टोनियो रुडिगर, निक्लास सुले, माथियास गिन्टर, जेरोम बोअेटाङ, मार्भिन प्लाटेनहार्ड्ट, जोनास हेक्टर
मिडफिल्डर–फरवार्ड – जुलियन ब्रान्ड्ट, जुलियन ड्राक्सलर, सामि खेडिरा, टोनी क्रुस, टिमो वेर्नर, इक्ले गुन्डोगन, मारियो गोमेज, लियोन गोरेट्जका, मेसुट ओजिल, थोमस मुलर, मार्को रोयस, सेबास्टियन रुडि


