Breaking News.... EverestOnlineKhabar
August 17, 2026

भारततर्फ हुने तेल तस्करी रोक्न मूल्यबृद्धि गर्नु बाध्यता : मन्त्री यादव

Loading

काठमाडौँ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् ।  प्रतिनिधिसभाको  बैठकमा विशेष समय लिएर उनले इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको स्पष्ट पारे ।

मन्त्री यादवले भारतमा भन्दा पेट्रोल र डिजेल २० रुपैयाँ भन्दा बढी सस्तो हुँदा नेपालबाट तेल तस्करी भइरहेको समेत बताए । उनले भारतमा भन्दा पेट्रोल २२ रुपैयाँ र डिजेल २५ रुपैयाँ सस्तो रहेकाले तेल तस्करी भइरहेको बताएका हुुन् ।

‘अहिले पनि नेपालबाट दिनको धेरै मात्रामा तेलहरु बोर्डरपारी जाने गरेको छ, गाडी आउँछन् तेल भर्छन् लग्छन्’ उनले भने ‘अझै तेल घट्यो भने आयल निगम डुब्ने हुन्छ ।’

सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.