Breaking News.... EverestOnlineKhabar
August 17, 2026

कप्तान रोनाल्डो बिना मैदानमा उत्रिएको पोर्चुगल बेल्जियमसँग गोलरहित बराबरीमा

Loading

एजेन्सी,जेठ ।
विश्व चर्चित स्ट्राइकर क्रिष्टियानो रोनाल्डोबिना नै अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा उत्रिएको पोर्चुगलले बेल्जियमसँग गोलरहित बराबरी खेलेको छ । विश्वकपको तयारीमा रहेका यी दुबै टिमले बराबरी खेलेका हुन् ।
किङ बौंडौंइन रंगशालामा भएको खेलमा दुबै टिमले गोल गर्ने अवसर पाए पनि गोलरहित बराबरी खेलेका हुन् । पोर्चुगलका कप्तान रोनाल्डोले भने बेल्जियमसँगको मैत्रीपूर्ण खेल खेलेनन् । रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका रोनाल्डोलाई केही दिनको विश्राम दिईएको हो ।
त्यस्तै, अर्को खेलमा भने अमेरिका रिपब्लिक अफ आयरल्याण्डसँग २–१ गोलअन्तरले पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.