Breaking News.... EverestOnlineKhabar
June 26, 2026

एलिस्टेयर कुकको  लगातार १५४ टेस्ट खेल्ने नयाँ कीर्तिमान

Loading

एजेन्सी। पाकिस्तानविरूद्ध जारी दोस्रो टेस्ट खिलिरहेका इग्ल्याण्डका पूर्वकप्तान तथा ब्याट्मेन एलिस्टेयर कुकले  लगातार १५४ टेस्ट खेल्ने नयाँ कीर्तिमान बनाएका छन्।

कुकले अस्ट्रेलियाका पूर्व कप्तान एलन बोर्डरको नाममा रहेको विश्व रेकर्ड आफ्नो नाममा दर्ता गरेका हुन्। बोर्डरले सन्  १९७९ देखि सन् १९९४ सम्म आफ्नो देशका लागि १५३ टेस्ट खेलेका थिए।

कुकले भारतविरूद्ध नागपुरमा सन् २००६ को मार्चमा खेलेको खेलबाट टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। उनले डेब्यू खेलमै सतक प्रहार गरेका थिए।

३३ वर्षीय उनले १५५ खेलबाट १२ हजार ९९ रन बनाएका छन्। जसमा ३२ सतक र ५६ अर्धसतक समावेश छन्।

लगातार टेस्ट मैच खेल्ने तेस्रो नम्बरमा अस्ट्रेलियाका मार्क १०७ खेल भारतीय खेलाडी सुनील गावस्कर १०६ खेल खेल्दै चौथो स्थानमा र न्यूजील्याडका ब्रडन म्याकुलम १०१ टेस्ट खेल्दै पाँचौ स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed