Breaking News.... EverestOnlineKhabar
June 28, 2026

वेष्ट इन्डिजद्वारा विश्व एघार ७२ रनले पराजितःसन्दीपको १ ओभरमा १२ रन मात्रै

Loading

काठमाडौ,जेठ ।
सन्दीप लामिछानेले विश्व एघारबाट वेष्ट इन्डिजविरुद्ध मात्र १ ओभर १२ रन मात्र दिएर उत्कृष्ट बलिङ गरेका छन् । तर,उनले १ ओभर मात्र बलिङ गर्न पाए । इंग्ल्याण्डको लर्डस्मा भएको वेष्ट इन्डिज र विश्व ११ बीचको च्यारेटी खेलमा सन्दीपले १ ओभर मात्रै बलिङ गर्ने अवसर पाएका हुन् ।
नेपाली समयअनुसार बिहीबार राति १० बजेर ४५ मिनेटमा सुरु भएको खेलमा नेपालका सन्दीप लामिछानेले बलिङ र ब्याटिङ दुबै गर्ने अवसर पाए । १ ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चेका थिए । उनले १ छक्का खाए । ब्याटिङतर्फ पनि उनले अविजित ४ रन बनाए ।
२०० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको विश्व एघारले १६.४ ओभरमा सबै विकेटको क्षतिमा १२७ रन मात्रै बनाउन सकेको थियो । विश्व एघारका लागि थिसारा परेराले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ३७ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए । त्यस्तै, शोहिब मालिकले १२ रन बनाउँदा अन्य खेलाडीले भने राम्रो स्कोर बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि इभिन लुईसले ५८, दिनेश रामदिनले अविजित ४४ र मार्लोन सामुल्सले ४३ रन बनाएका थिए । बलिङतर्फ विश्व एघारका राशिद खानले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.