Breaking News.... EverestOnlineKhabar
October 1, 2026

Loading

बिराटनगर । प्रदेश नं १ को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री एंव पार्टीका केन्द्रीय सदस्य शेरधन राई चयन भएका छन्। राई पूर्व नेकपा एमाले संसदीयको दलको नेता थिए।

पार्टी एकतापछि  पहिलो पटक बसेको संसदीय दलको बैठकले राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको हो। त्यस्तै दलको उपनेतामा टंक आम्बुहाङ चयन भएका छन्। आम्बुहाङ पूर्व एकीकृत माओवादी संसदीय दलको नेता थिए।

संसदीय दलको नेता र उपनेता चयनका लागि इन्द्र आंबोको प्रस्तावमा सर्वसम्मत निर्णय भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed