Breaking News.... EverestOnlineKhabar
August 11, 2026

आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेट युवामैत्रीःअध्यक्ष पौडेल

Loading

काठमाडौ,जेठ ।
युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले मंगलबार सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५–०७६ को बजेट युवामैत्री भएको प्रतिक्रिया दिनुभएको छ । एभरेष्ट अनलाईन खबरसंग कुरा गर्दै अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेट ईतिहास मै पहिलोपटक युवामैत्री भएको समेत बताउनुभएको छ । उहाँले युवा आन्दोलनबाट स्थापित युवा मन्त्रालय र राष्ट्रिय युवा परिषद्को माध्यम बाट धेरै युवा अहिले पनि स्वरोजगारमा जोडिएका स्मरण गर्दै ५ वर्षको लागि बिना ब्याजमा युवालाई राष्ट्रिय युवा परिषद्ले लगानी गरिरहेको र अझ सर्टिफिकेटको धितोको आधारमा ऋण दिने व्यवस्था हुन झन् महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

विदेशबाट फर्किएका युवालाई ऋणको व्यवस्था, युवा परिषद् र युवा स्वरोजगारलाई अझै व्यवस्थित बनाउने कुरा बजेटमा आएकोले बजेट युवामैत्री भएको जिकिर गर्नुभयो । आगामी आर्थिक वर्षको बजेटले जस्तै युवाको क्षेत्रमा बिस्तारै लगानी बढाउन थालेपछि बैदेशिक रोजगारमा जाने युवाहरुको संख्या घट्दै जाने अध्यक्ष पौडेलको भनाई छ । वर्तमान बजेटले स्वदेशमै केहि गर्छु भन्ने युवाशक्तिलाई स्वदेशमा नै आत्मनिर्भर बनाउन सकिने पौडेलले बताउनुभयो ।
युवासंघले चाहे अनुसारको बजेट आएको भन्दै अध्यक्ष पौडेलले अहिले स्थिर सरकार भएकाले बजेट कार्यान्वयन हुनेमा आफुहरु ढुक्क रहेको बताउनुभयो । उहाँले दिगो विकास र सम्बृद्धिको लागि व्यवहारिक र देशको धरातल अनुरुपको बजेट आएको दावी गर्नुभयो । सरकारले घोषणा गरेको भन्दा बढी रोजगार दिन सकिने अवस्था रहेको भन्दै पौडेलले यो विषयमा सरकार चुकेको टिप्पणी गर्नुभयो । सरकारले ल्याएको बजेट महत्वकांक्षी भन्दा पनि यथार्थपरक रहेको उहाँको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed