Breaking News.... EverestOnlineKhabar
August 11, 2026

नेकपा बरिष्ठ नेता खनाल चीनमा आयोजित कार्लमाक्र्सको द्धिशतबार्षिक कार्यक्रमका महत्वूर्ण बक्ताःचीन बसाईका क्रममा कम्युनिष्ट पार्टीका प्रभाबशाली नेताहरुसंग भेटघाट

Loading

बेइजिङ,जेठ ।
कार्लमाक्र्सको द्धिशतबार्र्षिक कार्यक्रममा भाग लिन चीन जानुभएका नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले त्यहाँ आयोजना गरिएको कार्लमाक्स द्धिशतबार्षिक कार्यक्रमलाई बिशेष वक्ताको रुपमा सम्बोधन गर्नुभएको छ । विशेष अतिथिको हैसियतले कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता खनालले एक्काइसौ शताब्दीमा माक्र्सबादको औचित्य पूष्टि भएको कुरा चीनले गरेको विकासले देखाएको बताउनुभएको छ । उहाँले नेपालमा पछिल्लो चुनाबपछि बामपन्थीहरुको बिजय र भियतनाम, क्यूबा जस्ता देशहरुको प्रगतिले समाजबाद आउने दिनमा अझ मौलाउने स्पष्ट देखिएको धारणा राख्नुभयो ।
पूजीबादको समस्या  झन्झन् बिकराल हुदै दक्षिण पन्थी धारमा जानुले पनि समाजबादको औचित्य पुष्टि भएको बरिष्ठ नेता खनालको टिप्पणी छ । संसारका करोडौ गरिब मानिसहरुको उद्धार गर्ने र्निबिकल्प ब्यवस्था समाजबाद भएको भन्दै खनालले नेपाल र चिन लामो समय देखिका मित्र भएको स्मरण गराउनुभयो । दुई देशका सरकार मात्र नभई जनताबीच पनि सदियौ देखि उत्कृष्ठ सम्बन्ध रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले चीनको बिकासको फाइदा नेपालले पनि लिन सक्नुपनमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा चिनिया कम्यूनिष्ट पार्टीका बिदेश बिभाग उपप्रमुख भाइस मिनिष्टरसंग दुई देश बिचको सम्बन्ध, दुई पार्टी बिचको आपसी सम्बन्ध, दुई देशका जनताका बीचको आपसी सम्बन्धहरु अझ गहिरो बनाउने र बहुआयामिक ढङगले बिकास गर्दै लैजाने बिषयमा छलफल भएको थियो ।
दुई नेताबीचको छलफलमा बरिष्ठ नेता खनालले नेपालको भूमिलाई चीनको बिरुद्धमा प्रयोग हुन नदिने,एक चिन नितिमा अडिक रहने, दुई देशबीचको सिमानालाई शान्तिको सिमाना बनाउने,सिमा नाकाहरु खोल्ने, दुई देश बिच बैदेशिक सिमा ब्यापारलाई ब्यापकरुपमा अगाडी बढाउने लगायतका विषयमा छलफल भएको थियो ।
यस्तै,बरिष्ठ नेता खनालले भारत,बंगलादेश,श्रीलङ्का,इरान,इजिप्ट,फान्स,जर्मनी, बेलायत लगायतका देशका कम्यूनिष्ट पार्टीका प्रभावशाली नेताहरुसंग पनि भेटवार्ता गर्नुभएको र भेटवार्ताको क्रममा नेपालको हितका साथै आपसी सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने विषयमा पनि गहन कुराकानी भएको वरिष्ठ नेता खनालका स्वकिय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed