Breaking News.... EverestOnlineKhabar
June 27, 2026

इजिप्टको अदालतद्वारा यूट्यूवमाथि अस्थायी प्रतिबन्ध लगाउन आदेश

Loading

एजेन्सी । इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ । अदालतको निर्णय अन्तिम भएको भन्दै यस उपर पुनरावेदन नहुने बताइएको छ ।

मोहम्मद हमिद सालेम नामक एक वकीलले यूट्यूबविरुद्ध निजी लगानीमा क्यालिफोर्नियामा निर्मित १३ मिनेट लामो भिडियोमार्फत सन् २०१२ मा इजिप्ट र अन्य इस्लामिक राष्ट्रहरूमा अमेरिकाविरोधी तरङ्ग सिर्जना गरेको भन्दै आरोप दर्ता गराएका थिए ।

सालेमले सबै प्रशारण माध्यम तथा लिङ्कहरू जसले उक्त फिल्मलाई प्रशारण गरेका थिए तिनीहरूलाई पनि कारबाहीस्वरूप अवरुद्ध गर्नुपर्ने जिकिर गरे ।

सन् २०१३ को फेब्रुवरीमा इजिप्टको एक स्थानीय अदालतले यहाँको सूचना तथा सञ्चार प्रबिधि मन्त्रालयलाई सोही कारण एक महिनाका लागि यूट्यूब भिडियो साइटमाथि प्रतिबन्ध लगाउने आदेश दिएको इजिप्टको सरकारी समाचार संस्था अनादोलु न्यूज एजेन्सीले बताएको छ ।

तथापि त्यसवेला मन्त्रालयले अदालतको उक्त निर्णयलाई लागू गर्न कठीन हुने जनाएको थियो । अदालतले गुगलको इन्टर्नेट सर्च इन्जिनको बन्द गर्दा ठूलो खर्च हुने र रोजगारको अवसर पनि गुम्ने खतरा रहेको भन्दै मन्त्रालयले उक्त निर्णयलाई कार्यान्वयनमा लान सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.