![]()
कैलाली । गृहमन्त्री रामबहादुर थापाले साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त छिट्टै पत्ता लाग्ने बताएका छन्।
कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा मन्त्री थापाले हिजोका दिनमा तस्करी गर्नेका भरियालाई समातेको नाटक गरिने गरेको भन्दै अब अपराधका नाइकलेलाई नै समात्ने प्रतिबद्धता जनाए ।
‘मालिकको सुरक्षाका लागि भरिया समातेको नाटक गर्ने गरिन्थ्यो, अब नाइके नै हामी समात्ने छौं, हामीले त्यो अभियान शुरु गरिसकेका छौं’, उनले भने, ‘अहिलेको समयमा अपराधीको अन्तिम छटपटाहट हो।’
सुन तस्करीमा गोरे भनिने चुडामणी उप्रेतीलाई समातिएको र अब माथिका ठुला माछा पनि सरकारले समात्ने उनले स्पष्ट पारे।
विप्लव माओवादीलाई संविधान विरोधी र राज्य विरोधी शक्तीको रुपमा परिभाषित गरिराखेको उल्लेख गर्दै गृहमन्त्री थापाले राजनीतिक रुपमा र प्रशासनिक प्रक्रियाबाट समस्याको हल गरिराखेको जानकारी दिए।


