Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । इराकको संसदीय चुनावमा पूर्व शिया लडाकु प्रमुख मोक्तदा अल-सद्र नेतृत्वको गठबन्धन विजयी भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार अल-सद्रको गठबन्धनले ५४ सीट जितेको छ। इरान समर्थक फतह गठबन्धनले ४७ सीटसहित दोस्रो स्थान पाएको छ।

वर्तमान प्रधानमन्त्री हैदर अल-अबादीको दल ४२ सीटसहित तेस्रो स्थानमा खुम्चिएको छ। लामो समयदेखि अमेरिकाको विरोधीका रूपमा रहिआएका अल-शद्र आफैँ चुनावमा नउठेकाले प्रधानमन्त्री बन्न पाउने छैनन्। तर नयाँ सरकार गठनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

सन् २००३ को अमेरिकी नेतृत्वको अतिक्रमणपछि दुईवटा आन्दोलनको नेतृत्व गरेका अल-सद्र कट्टर राष्ट्रवादी हुन् र इरानका कडा आलोचक पनि हुन्। गत डिसेम्बरमा इराकले तथाकथित इस्लामिक स्टेट समूहमाथि जित हासिल गरेको घोषणा गरेपछि त्यहाँ चुनाव भएको हो। इराकी फौजलाई सघाउन करिब पाँच हजार अमेरिकी सेना अझै त्यहाँ खटिएका छन्।

भ्रष्टाचारविरूद्ध लड्ने र सार्वजनिक सेवामा लगानी गर्ने प्रतिबद्धतासहित अल-सद्रको गठबन्धन चुनावी अभियानमा होमिएको थियो। जो कोही प्रधानमन्त्री हुने भए पनि आइएसविरूद्धको लडाइँपछिको पुनर्निर्माणलाई अगाडि बढाउनुपर्ने हुन्छ। सन् २०१४ मा उक्त समूहले इराकको ठूला हिस्सामा कब्जामा जमाएको थियो।

गत फेब्रअरीमा भएको दातृ सम्मलेनमा अन्तर्राष्ट्रिय दाताहरूले ३० अर्ब डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। तर इराकी अधिकारीहरूले पुनर्निर्माणका लागि सय अर्ब डलर आवश्यक पर्ने अनुमान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.