![]()
बीबीसी । प्रष्ट बहुमत नभए पनि ठूलो दलको हैसियतमा भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएको छ । बिहीबार बिहान कर्नाटक विधानसभाका भाजपा विधायक दलका नेता बीएस येदियुरप्पाले मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् ।
२२४ सदस्यीय विधानसभामध्ये २२२ सिटमा भएको निर्वाचनमा भाजपाले १०४ सिट जितेको छ । कांग्रेसले ७८ र जनता दल (सेक्युलर) ले ३७ सिटमा जित हासिल गरेको छ । अन्य दल तथा स्वतन्त्रले तीन सिट जितेका छन् ।
बहुमतका लागि ११२ सिट जरुरी भए पनि ठूलो दल बनेको भाजपासँग प्रष्ट बहुमत छैन । उता, जनता दल (सेक्युलर)लाई कांग्रेसले समर्थन जनाउने घोषणा गरेको छ । कांग्रेसको समर्थनकै आधारमा जनता दल (सेक्युलर) ले सरकार बनाउने दावी राज्यपाल समक्ष गरे पनि भाजपाले सरकार गठनको अवसर पाएको हो । कांग्रेस र जनता दल (सेक्युलर) मिल्दा सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।


