Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य मन्त्रीले १० लाख जनसंख्या रहेको देशको उत्तर पश्चिममा अवस्थित ब्यान्डाका शहरमा इबोलाको संक्रमण देखा परेको बताएका छन्। झण्डै १० लाख मानिसको बसोबास रहेको उक्त शहरमा यो संक्रमण देखा परेसँगै त्यहाँ हालै देखिएका इबोला संक्रमणका घटना नयाँ चरणमा प्रवेश गरेको ठानिएको छ।

यसै महिनाको सुरुमा ब्यान्डाका शहर भन्दा करिब १५० किलोमिटर टाढा अवस्थित ग्रामिण वस्तीमा इबोला संक्रमणको पहिलो घटना देखा परेयता २३ जनाले ज्यान गुमाइसकेका छन्। विश्व स्वास्थ्य संगठनले पठाएको परीक्षणमै रहेका इबोलाका चार हजार खोपका मात्रा बुधवारमात्रै कंगोमा पुर्‍याइएका छन्।

इबोला

सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोलाको महामारी देखिदाँ ती खोपहरूको परीक्षण सफल भएको थियो। कंगोका स्वास्थ्यमन्त्रीले शहरी क्षेत्रमा इबोला देखिएको पुष्टी गर्नुअघि नै, ग्रामिण क्षेत्रमा एउटा अन्तिम संस्कार समारोहमा भाग लिएर ब्यान्डाका फर्किएका एक व्यक्तिमा इबोलाको संक्रमण देखिएका विवरणहरू आएका थिए।

विश्व स्वस्थ्य संगठनले एकदमै खराब अवस्था आउनसक्ने भन्दै चिन्ता प्रकट गरेको छ। उसले आफूले वाचा गरेका ८ हजार खोपका मात्रा मध्ये पहिलो किस्ताका इबोलाका खोपहरू भर्खरै त्यहाँ पुर्‍याएको छ। विश्व स्वास्थ्य संगठन र कंगोका अधिकारीहरू इबोला संक्रमित र उनीहरूसँग सम्पर्कमा बसेका ठूलो संख्याका मानिसहरूलाई सकेसम्म चाँडो खोप लगाउन चाहान्छन्।

श्रोत

कंगोमा हाल देखिएको इबोला संक्रमणले सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको उक्त रोगको भयावह महामारीलाई पुन: ताजा बनाएको छ। त्यसबेला झण्डै ११ हजार जनाको ज्यान गएको थियो भने २८ हजार जनामा संक्रमण देखिएको थियो।

इबोला

चमेरा, बाँदर, चिम्पान्जी, गोरिल्ला जस्ता जनावरलाई इबोलाको मुख्य स्रोत ठानिन्छ। त्यस्ता संक्रमित जनावरका रगत, शरीरका अंग वा शरीरका तरल पदार्थसँग सम्पर्कमा पुगेपछि मानिसमा इबोला देखा परेको बताइन्छ।

चिकित्सकहरूले संक्रमित व्यक्तिका शरीरबाट निस्कने पसिना सहितका तरल पदार्थको एकदमै सानो परिमाणबाट पनि इबोला सर्नसक्ने र सुरुमा खोकी जस्ता लक्षण देखिने बताउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed