![]()
एजेन्सी,जेठ ।
अमेरिकाले बारम्बार आफूहरुलाई मात्र आणविक हतियार कार्यक्रम बन्द गर्न दबाब दिइरहेमा ट्रम्पसँगको बैठक रद्द गराउने उत्तर कोरियाले धम्की दिएको छ ।आगामी जुन १२ मा सिंगापुरमा तय भइसकेको अमेरिका र उत्तर कोरियाली प्रमुखबीचको पहिलो वार्ताको तयारीमा अहिले दुवै देशका वरिष्ठ अधिकारीहरुबीच छलफल जारी छ ।
यहि सिलसिलामा कार्यक्रमको दिन नजिकीँदै गर्दा उत्तर कोरियाले सो धम्की दिनुलाई राम्रो संकेत मानिएको छैन । आक्रामक हुँदै मंगलबार उत्तर कोरियाका उप विदेश मन्त्रीले अमेरिकालाई अनुचित बयान दिइरहेको र आफूहरुले राम्रो उद्देश्यका साथ काम गरिरहँदा पनि अवरोध पुर्याएको आरोप लगाएका हुन् । उनले यसका लागि विशेषगरी अमेरिकाका नयाँ सुरक्षा सल्लाहकार जोन बोल्टनलाई दोष लगाएका छन् जो पहिलेदेखि नै उत्तर कोरियामाथि हमला गर्न आतुर रहँदै आएका छन् ।
उत्तर कोरियाले आफ्नो देशलाई हतियार मुक्त बनाउने घोषणा गरेपछि नै ट्रम्प र नेता किमबीचको भेतवार्ता कार्यक्रम तय गरिएको थियो । यससँगै उत्तर कोरियाले पनि विदेशी संचार माध्यमहरुकै अगाडि आणविक परीक्षण क्षेत्र नष्ट गराउने घोषणा गरिसकेको छ ।


