Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

एजेन्सी ।  इन्डोनेसियामा गत आइतबारदेखि निरन्तर रुपमा  आतंककारी हमलाहरु भइरहेको छ ।  इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ।

बुधबार बिहान राजधानी जकार्ताबाट केही परको रियाउ प्रान्तको प्रहरी मुख्यालयमा आतंककारीहरुले बम हमला गरेका थिए। सो हमलामा भने तीनजना हमलाकारीकै मृत्यु भएको थियो।  प्रहरीकाअनुसार सो प्रहरी चौकीमा प्रहरीको सेतो भ्यानमा आएका आठजना आतंककारी हतियारधारीले बम आक्रमण गरेका थिए। तर त्यस आक्रमणमा चार जना आत्मघाती हमलाकारी नै मारिएका छन्।  अरु केही घाइते भएका छन्। प्रहरीको कारबाहीबाट केही घाइते भएका तथा भागेका बताइएको छ।

उता इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा गएको आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो। ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका ११ जनाको ज्यान गएको प्रहरीले जनाएको थियो।  आतंककारीहरुले सोमबार र मंगलबार पनि बम हमला गरेका छन्। सोमबार बिहान सुरबियाको प्रहरी मुख्यालयमा नै आतंककारी हमला भएको थियो। दुइवटा मोटरसाइकलमा आएका चार जनाले त्यहाँ आत्मघाती आक्रमण गरेका थिए।

बुधबार हमला गर्ने आत्मघातीको परिचय खुलेको छैन। उनीहरु अतिवादी मुस्लिम समूहका रहेको प्रहरीको भनाई छ। उनीहरुले रमजान पर्वको पूर्वसन्ध्यामा बम हमलाहरु गरिरहेका प्रहरीको अनुमान रहेको छ।

इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो। यहाँका मुस्लिमहरुले विभिन्न समयमा चर्चमा हमला गर्ने गरेका छन्। इन्डोनेसियाली मुस्लिमले यसै हप्ता रमादानको व्रत बस्ने तयारी गरिरहेका छन्। त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ। रमजानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed