![]()
सुर्खेत,जेठ ।
सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको छ । बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिएका छन् ।
विमानमा चालक दलका २ सदस्य मात्रै छन् । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि यो समाचार तयार पार्दासम्म सम्पर्कमा छैन् ।
सुर्खेतका प्रजिअ कार्कीले भनेः‘विमानस्थल टावरबाट सम्पर्क टुटेको जानकारी मलाई पनि आएको छ, हामीले सूचना संकलन गरेर खोजी शुरु गरेका छौं । सम्भावित जिल्लामा टोली परिचालन गरेका छौं ।’


