Breaking News.... EverestOnlineKhabar
August 31, 2026

फोरम सरकारमा सहभागी हुने सहमति भैसक्यो : नारायणकाजी

Loading

पर्सा । नेकपा  (माओवादी केन्द्र) पार्टीका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको बताएका छन्।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने तर सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीसँग भने छलफल नभएको जानकारी दिए।

पूर्वउपप्रधानमन्त्री श्रेष्ठले मधेशका विषयमा संसदमा दर्ता भएको संशोधन प्रस्तावका पक्षमा माओवादी केन्द्रको अडान अहिले पनि कायम रहेको प्रष्ट पारे।

उनले समृद्धिकोे बाटालाई अंँगाली सामाजिक न्यायसहितको नेपाल निर्माण गर्न सरकार र सबै राजनीतिक दलको मुख्य कार्यभार भएकाले यसतर्फ सबैले ध्यान केन्द्रित गर्न आवश्यक रहेको विचार व्यक्त गरे।

पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने क्रममा मुलुकभित्रको विषयलाई विदेशीका अगाडि राख्ने तरिका दुःखद भएको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.