![]()
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर फर्केलगतै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्री पाकिस्तान भ्रमणमा जाँदैछन्। पाकिस्तानी सेनाको निम्तोमा तीन दिने भ्रमणका लागि क्षत्री बैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्दैछन्।
केही महिनाअघि पाकिस्तानी प्रधानमन्त्रीलाई सेनाले गार्ड अफ अनर दिएको थियो भने भारतीय प्रधानमन्त्री मोदीलाई हालै उक्त सम्मान दिइएको छ। प्रधान सेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।
प्रधान सेनापति क्षत्री जेठ ४ गते नेपाल फर्किनेछन्। यस किसिमको भ्रमणले सैनिक कुटनीतिमा सहयोग पुग्ने नेपाली सेनाको विश्वास रहेको छ।


