Breaking News.... EverestOnlineKhabar
August 31, 2026

Loading

काठमाडौं । राष्ट्रिय च्याम्पियन नङ्सलदेवी तामाङलाई पराजित गर्दै झापाकी जेशिका गुरुङ इटहरीमा जारी सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेकी छिन्।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले गरेको प्रतियोगितामा जेशिकाले त्रिभुवन आर्मी क्लबकी नङ्सलदेवीलाई पराजित गर्दै महिला एकलको फाइनलमा स्थान पक्का गरेकी थिइन । उनले फाइनलमा आर्मीकी रशिला महर्जनसँग प्रतिस्पर्धा गर्नेछिन । अर्को सेमिफाइनलमा रशिलाले झापाकी सुनैना मुखियालाई २१–१६, २१–१७ को सोझो सेटमा हराएकी थिइन।

 महिला तर्फको युगल खेलमा जेशिका र सुनैनाको जोडीले रशिला र अमिता गिरीको जोडीलाई हराउँदै फाइनल प्रवेश गरे । उनीहरुले फाइनलमा आर्मीका नङ्शलदेवि र अनुमाया राईको जोडीसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । यस अघि नङ्शल र अनुमायाको जोडीले जेष्ट ब्याडमिन्टनका ज्योती लिम्बु र दिना पुनको जोडीलाई  पराजित गरेका थिए।

यस्तै, महिला यु–१९ को स्पर्धामा झापाकी जेशिका गुरुङ र आर्मीकी रशिला महर्जन उपाधिका लागि भिड्ने भएका छन् । पुरुष एकलमा आर्मीका रत्नजित तामाङ र एपिएफका दीपेश धामीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुष युगलमा आर्मीका रत्नजित र नवीनको जोडीले नेपाल पुलिसका विष्णु कटुवाल र जीवन आचार्यको जोडीलाई पराजित गर्दै फाइनल प्रवेश गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.