Breaking News.... EverestOnlineKhabar
June 26, 2026

मोदीको दुई दिने नेपाल भ्रमणःयस्तो छ भ्रमणको कार्यतालिका(समयसहित)

Loading

काठमाडौ,बैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि भोली नेपाल आउँदैछन्। यसपटकको भ्रमणमा मोदीले जनकपुरको जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथमा विशेष पूजा गर्दैछन्। पूजा गर्न उनी पशुपतिनाथ मन्दिर पनि जानेछन्। शुक्रबार बिहान ९ः१५ बजे बिहारको पटनाबाट भारतीय वायू सेनाको हेलिकप्टरमा जनकपुर ओर्लने मोदी अर्को दिन साँझ काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
यस्तो छ मोदीको दुई दिने नेपाल भ्रमणको कार्यतालिकाः–
वैशाख २८ गते शुक्रबार
बिहान ९ः१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।
९ः३०– जानकी मन्दिरमा पूजा।
१०ः१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।
१ः३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।
४ः००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।
४ः३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।
५ः००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।
६ः००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।
वैशाख २९ गते शनिबार
६ः००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।
८ः३०– मुक्तिनाथमा पूजा।
१०ः३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।
१०ः४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।
११ः३०– होटल हायात प्रस्थान।
२ः००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।
३ः३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.