Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे संसदलाई जानकारी गराएको छ। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे जानकारी गराएका हुन्। उनले भारतीय प्रधानमन्त्री मोदीले बैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्न लागेको सदनलाई जानकारी गराएका हुन्।

सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले २८ गते नै राष्ट्रपति उपराष्ट्रपतिबीच भेटवार्ता गर्ने, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता गर्ने कार्यतालिका रहेको मन्त्री ज्ञवालीले जानकारी दिए। साथै अरुण तेस्रोको दुवै देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।

यसअघि, बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले मोदी भ्रमणबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद प्रेम सुवालले मोदीको भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएको दलीय बैठकमा सबै दलहरुलाई निम्ता नगरिएको र मोदी सीधै २ नम्बर प्रदेश जाने भन्ने सवालमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए। कुनै पनि छिमेकी देशका प्रधानमन्त्रीको भ्रमणका क्रममा पहिला राजधानी आउनुपर्नेपर्ने भन्दै उनले पहिला जनकपुर जानुको कारण माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.