![]()
बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकालका लागि शपथ ग्रहण गरेका छन । गत मार्चमा सम्पन्न चुनावबाट उनी चौथो पटक राष्ट्रपति पदमा निर्वा्चित भएका थिए।
सन् २०१२ को तुलनामा राष्ट्रपति कार्यालय क्रेम्लिनमा कम तामझामका साथ पुटिनले शपथ ग्रहण गरेका छन ।
विगत १८ वर्षदेखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा पुटिन सत्तामा रहिआएका छन् र विरोधीहरूले उनको कार्यकाललाई सम्राटको शासनसँग जोडेर हेर्ने गरेका छन्। उनको शासनविरूद्ध शनिवार मस्को तथा अन्य शहरहरूमा उत्रिएका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडपहरू भएका थिए।
सन् २००० मा पहिलोपल्ट राष्ट्रपतिमा निर्वा्चित पुटिन दोश्रोपटक २००४ मा निर्वा्चित भए। तर सन् २००८ मा आफ्नै शिष्य दिमित्री मेदभेदेभ अन्तर्गत प्रधानमन्त्रीका रूपमा काम गर्न पनि उनी तयार भए किनभने दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने कानूनी प्रावधान थियो। त्यतिखेर वास्तविक रूपमा को भूमिकामा छन् भन्नेबारे केहीमा द्विविधा थियो र सन् २०१२ मा राष्ट्रपतिका रूपमा उनी ६ वर्षे कार्यकालसहित फर्किए।
यदि सन् २०२४ सम्म आफ्नो चौथो कार्यकालको अन्त्यसम्म पुगे ६५ वर्षीय पुटिन सत्तामा भएको २५ वर्ष हुनेछ। त्यो तत्कालीन सोभियत संघका शासक स्टालिन र केही रुसी शासकहरूले सत्ता सम्हालेको समयभन्दा कम हुनेछ।
स्टालिनले ३१ वर्षसम्म शासन गरेका थिए भने एलेक्जेण्डर द्वितीयले २६ वर्ष र निकोलास प्रथमले ३० वर्ष लामो शासन गरेका थिए।
सन् १९५२ अक्टोबर ७ मा रुसको दोस्रो ठूलो शहर लेनिनग्राड (अहिलेको सेण्ट पिटर्सबर्ग) मा जन्मिएका पुटिनले कानून पढे र केजीबी भनिने राष्ट्रिय सुरक्षा समितिमा भर्ती भएर साम्यवादी पूर्वी जर्मनीमा जासुसका रूपमा काम गरे ।
सन् १९९० को दशकः सेण्ट पिटर्सबर्गका मेयर बोरिस यल्त्सिनका उच्च सहयोगीका रूपमा काम गरे, उनलाई केजीबीको उत्तराधिकारी एफएसबीको प्रमुख (प्रधानमन्त्री) बनाइयो ।
- सन् १९९९स् यल्त्सिनको राजीनामापछि प्रधानमन्त्रीमा नियुक्त
- सन् २०००स् राष्ट्रपतिका रूपमा निर्वा्चित भए र दुईवटा चार वर्षे कार्यकाल पूरा गरे
- सन् २००८स् संवैधानिक प्रावधानका कारण लगातार तेस्रो पटक राष्ट्रपति हुन पाएनन्, आफ्ना शिष्य दिमित्री मेदभेदेभ राष्ट्रपति हुँदा प्रधानमन्त्री बन्ने पुटिनको कदमबाट धेरै विश्लेषकहरू आश्चर्यमा परे
- सन् २०१२स् नयाँ कानून अन्तर्गत ६ वर्षे कार्यकालका लागि राष्ट्रपतिमा पुनः निर्वा्चित
- सन् २०१८स् चौथो कार्यकालका लागि निर्वा्चित
लामो समयदेखि शासन गरिरहेको भए पनि जनताले पुटिनलाई रूचाएको देखिन्छ।


