Breaking News.... EverestOnlineKhabar
August 14, 2026

काश्मिरमा सेनाले चलाएको गोली लागि एक प्राध्यापकसहित १० जना मारिए

Loading

श्रीनगर,बैशाख ।
भारत प्रशासित काश्मिरमा सेनाले चलाएको गोली लागि काश्मिरी क्षेत्रमा सक्रिय विद्रोही संगठनको निकट मानिने एक प्राध्यापकसहित १० जना मारिएका भारतीय प्रहरीले जनाएको छ । काश्मिर क्षेत्रमा मारिएका एक लडाकूको समर्थनमा हजारौँको संख्यामा निस्केको जुलुसमा सहभागी हुने क्रममा विद्रोही निकट मानिने एक प्राध्यापक, पाँच जना विद्रोही लडाकू र पाँच जना स्थानीय सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार भएका प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका छन् भने विद्रोही समूह हिजबुल मुजाहिद्दिनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ । श्रीनगरको दक्षिणी क्षेत्रमा अवस्थित सोपियन जिल्लाको वाडिगाउँमा विद्रोहीहरू लुकेर बसेको भन्ने गोप्य सूचनाका आधारमा सरकारी फौज गाउँमा पसी कारबाही चलाएको र उक्त कारबाहीमा विद्रोहीसहित केही स्थानीयको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।
सेनाले विद्रोही बसेको क्षेत्रलाई घेरावन्दी गरी आत्मसमर्पण गर्न भनेको तर विद्रोहीले गोली चलाउन थालेपछि भएको व्यापक शसस्त्र झडपका क्रममा उनीहरूको मृत्यु भएको जनाइएको छ । उनका अनुसार शुक्रबारदेखि भूमिगत भएका समाजशास्त्रका प्राध्यापक मोहम्मद रफी भाटलाई पनि अन्य विद्रोहीलाई जस्तै आत्मसमर्पण गर्न भनिएको तर उनले त्यसो गर्न नमानेपछि झडपमा उनीसहित केही विद्रोहीको मृत्यु भएको प्रहरीले बतायो ।
काश्मिरमा यो वर्ष सरकारी सेना र विद्रोही समूहसँग भएका झडपका क्रममा अहिलेसम्म १२० जनाको मृत्यु भएको छ । जसमध्ये २२ जना सर्वसाधारण परेका छन् भने ६७ विद्रोही र २८ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed