Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बुटवल,बैशाख ।
पाँच नम्बर प्रदेश सभाको लागि तयार पारिएको प्रतिक चिन्ह ‘लोगो’ सोमबार सार्वजनिक हुँदैछ। प्रदेशसभा सचिवालयले सोमबार प्रदेशसभा सदस्यले प्रयोग गर्ने लोगो सार्वजनिक गर्ने जनाएको छ। दाङ तुलसीपुरका खगेश्वर भण्डारीले तयार पारेको लोगो प्रदेश नम्बर ५ मा छानिएको हो।
सोही लोगोलाई सोमबार औपचारिक रुपमा स्वीकृत गरिएको घोषणा गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१ निवासी भण्डारीले बनाएको त्यही लोगो नै अबदेखि प्रदेशसभा सदस्यहरुले प्रयोग गर्नेछन्।
आफूले बनाएको लोगो प्रदेशसभामा उत्कृष्ट भएवापत भण्डारीले नगद २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। सचिवालयले गत फागुन २४ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गर्नुको साथै उत्कृष्ट हुने लोगोलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको थियो ।
सचिवालयको उक्त आव्हानसँगै विभिन्न १२ जनाले लोगो तयार गरी प्रदेशसभामा पठाएका थिए। जसमध्ये तिलोत्तमा ९ रुपन्देहीका सुधीर अर्यालले तयार पारेको लोगो दोस्रो भएको छ। दोस्रो हुने अर्याललाई १५ हजार रुपैंया पुरस्कार दिईने सचिवालयले जनाएको छ ।
त्यस्तै सोमबार नै प्रदेशसभा ५ को आधिकारिक बेवसाइटको पनि सार्वजनिक गरिने संसद सचिवालयका सचिव डा. मानबहादुर बिकले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.