Breaking News.... EverestOnlineKhabar
August 12, 2026

राष्ट्रपति भण्डारीद्वारा न्यूरो अस्पताल पुगी डा. उपेन्द्र देवकोटाको स्वास्थ्यबारे जानकारी

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपचारार्थ बाँसबारीमा रहेको न्यूरो अस्पतालमा भर्ना भएका न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था बारे जानकारी लिएकी छन् ।

राष्ट्रपति भण्डारी शनिबार बिहान करिब १० बजे डा. देवकोटालाई भेट्न अस्पताल पुगेकी हुन् । उनले अस्पतालमा रहेका डा. देवकोटालाई भेटी स्वास्थ्य अवस्था बारे जानकारी लिएकी छन् ।

राष्ट्रपति भण्डारीले देवकोटासँग कुराकानी गर्दै शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed