Breaking News.... EverestOnlineKhabar
August 15, 2026

संसद नियमावली मस्यौदामा विवादःसहमती जुटाउन सभामुख भए अग्रसर

Loading

काठमाडौ,बैशाख ।
सभामुख कृष्णबहादुर महराले संघीय संसदको नियमावली मस्यौदामा सहमती जुटाउन गृहकार्य सुरु गरेका छन्। दलहरुको विवादले नियमावली बन्न नसकिरहेका बेला सभामुख महराले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
नियमावलीमा देखिएको विवादलाई सहमतीबाट समाधान गर्न सभामुख महराले सबै दलका प्रमुख सचेतक रहेको कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। सिंहदरबारमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सबै दलका प्रमुख सचेतकको उपस्थिती रहने सभामुखको नीजि सचिवालयले जनाएको छ।
फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदलाई तीन वर्षभन्दा बढी कैद सजायको माग गर्दा निलम्बन गर्ने वा नगर्ने विवादमा सहमती जुट्न नसक्दा समितिले नियमावली बनाउन सकेको छैन। एमाले र माओवादी तथा कांग्रेस र मधेशकेन्द्रित दल फरक–फरक पक्षमा उभिँदा दुवै सदनका नियमावलीले अन्तिम रुप पाउन नसकेको हो।
संसदको आगामी अधिवेशन बैसाख २३ गते सुरु हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed