Breaking News.... EverestOnlineKhabar
June 28, 2026

फेसबुकका २ करोड प्रयोगकर्ता‘एकल’, अब फेसबुकले नै जोडी छान्न मद्दत गर्ने….?

Loading

एजेन्सी,बैशाख ।
लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले पछिल्लो समय आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा झनै सक्रियता बढाएको छ । फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएको तथ्य प्रकाशमा आएपछि फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकलाई अझ सुरक्षित र विश्वसनीय बनाउन विभिन्न कदम उठाएका छन् ।
यसअतिरिक्त फेसबुकको लोकप्रियता बढाउन प्रयोगकर्ताहरुको चाहना र सुविधालाई समेत ध्यान दिएर आवश्यक परिमार्जन भइरहेको उनको भनाइ छ । क्यालिफोर्नियामा मंगलबार आयोजित वार्षिक सम्मेलनमा उनले ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा थप्न लागेको जानकारी गराए ।

जुकरवर्गका अनुसार फेसबुकका करिब २ करोड प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा वैवाहिक अवस्था ‘एकल’ लेखेका छन् । उनीहरुलाई जोडी बाँध्न मद्दत गर्ने उद्देश्यकले फेसबुकले नयाँ फिचर्स ल्याउन लागेको छ ।‘डेटिङ सर्भिस’ चाँडै प्रयोगमा ल्याइने जुकरवर्गले बताए । उनले भनेः‘एकल अवस्थामा रहेका प्रयोगकर्ताले आफ्ना लागि योग्य साथी छान्न सकुन् भनेर यस्तो सुधार गर्न लागिएको हो ।’
त्यस्तै इन्टाग्राममा अब भिडियो च्याट र केही नयाँ फिल्टर्स सामेल गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.