![]()
एजेन्सी । अभिनेत्री मनिषा कोइरालालाई भारत सरकारले ‘दादा साहेब फाल्के अवार्ड २०१८’ बाट सम्मानित गरेको छ। भारतीय सिनेमा क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई दिइने ‘दादा साहेब फाल्के अवार्ड’ भारत सरकारले वार्षिक रुपमा दिने प्रतिष्ठित पुरस्कारमध्ये पर्छ।
मनिषा कोइरालाले भारतीय चलचित्र क्षेत्रमा दिएको योगदानको कदरस्वरुप उनलाई ‘मस्ट भर्सटाइल एक्ट्रेस’ विधामा उक्त पुरस्कार दिइएको हो।
भारतको मुम्बईमा आयोजित कार्यक्रममा सन् २०१८ को दादा साहेब फाल्के अवार्ड वितरण गरिएको हो। जसअन्तर्गत अक्षय कुमारलाई चलचित्र ‘प्याडमेन’ का लागि बेस्ट एक्टरको अवार्ड मिल्यो। यस्तै, ‘ट्वाइलेट एक प्रमे कथा’ फिल्ममा मुख्य अभिनय रहेकी नायिका भूमि पेड्नेकरले बेस्ट एक्ट्रेसको अवार्ड हात पारिन्।
फिल्म डाइरेक्टर राकेश रोशनले लाइभ टाइभ अचिभमेन्ट अवार्ड पाए। यो पुरस्कार दादा साहेब फाल्केको जन्म शताब्दी वर्ष सन् १९६९ देखि सुरु भएको हो।

