Breaking News.... EverestOnlineKhabar
April 19, 2026

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि ८ खेलाडी छनोट

Loading

काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि ४ पुरुष र ४ महिला खेलाडी छनोट भएका छन्।

पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बास्तोला, ५५ केजीमा नेपाल प्रहरीका सोनाम लामा, ६७ केजीमा काठमाडौंका नवीन रसाइली र ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठ छनोट भएका छन् ।

महिला एकल कातामा प्रहरीकी चन्चला दनुवार, ५० केजीमा एपीएफकी अनु अधिकारी, ६१ केजीमा प्रहरीकी सुनिता महर्जन र ६८ केजीमाथि सेनाकी रिता कार्की छनोट भएका छन्।

दक्षिण कोरियाको इन्चोनमा भएको गत संस्करणमा विमला तामाङले महिला एकल कातामा जितेको कांस्य पदक नै नेपालको एक मात्र पदक थियो। १८ औं एसियाली खेलकुदका लागि कराते खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बैशाख १० गते राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed