![]()
बुटवल। राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा बन्न लागेको ५ हजार क्षमताको सभाहलको शिलान्यास गर्नुभएको छ । राष्ट्रपति भण्डारीले देशकै ठूलो र अत्यधुनिक ध्यान केन्द्रसहितको सभाहलको शिलान्यास गर्नुभएको हो । २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन राष्ट्रपति लुम्बिनी पुग्नु भएको हो ।
सभाहल करिब ४० करोडको लागतमा बन्ने अनुमान गरिएको छ । सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको र दक्षिण एशियामै नमूना हुने लुम्बिनी विकास कोषले जनाएको छ ।
प्रधानमन्त्री ओलीले दुई वर्षअघि २५६० औं बुद्ध जयन्ती समारोह हावा–हुरी र वर्षाले बिथोलेपछि लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको थियो । त्यसै अनुसार यो निर्माण हुन लागेको हो ।


