Breaking News.... EverestOnlineKhabar
September 30, 2026

Loading

काठमाडौ,बैशाख ।
एमाले–माओवादी केन्द्र दुवै पार्टीका आन्तरिक काम ठप्पप्राय भएको छ। पार्टी सदस्यता नवीकरणबाहेक अन्य सबै आन्तरिक काम दुवै पार्टीले रोकेका छन्। पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा आन्तरिक काम प्रभावित भएको दुवै पार्टीका नेताले बताएका छन्।
असोज १७ मा चुनावी तालमेल गर्दै चुनावलगत्तै पार्टी एकता गर्ने एमाले–माओवादीले घोषणा गरेयता यी दुवै पार्टीको आन्तरिक काम प्रभावित हुन थालेको हो। दुवैले अहिले पार्टीका कुनै औपचारिक कार्यक्रम बनाएका छैनन्। अहिले दुवै पार्टीसँग संगठन मजबुत बनाउने, जनतासँग जोडिने जनमुखी कार्यक्रम र राजनीतिक अभियान निर्माण गर्नेलगायत कुनै पनि औपचारिक कार्यक्रम छैनन्।
पार्टी जीवनसँग जोडिने कुनै विशेष अवसरमा कम्युनिस्ट पार्टीका संयुक्त कार्यक्रम बनाउनेबाहेक अहिले कुनै पनि औपचारिक कार्यक्रम एमाले–माओवादीले प्राथमिकतामै राखेका छैनन्। तर, कुनै पार्टी विशेषका नेता–कार्यकर्ताले पार्टी प्रवेश गर्न चाहे सामान्य कार्यक्रम गरी प्रवेश गराउने काम मात्र हुँदै आएका छन्।
सबैजसो कार्यक्रम ठप्पप्रायः नै भएको एमाले–माओवादी नेता स्विकार्छन्। एमाले सचिव योगेश भट्टराई केन्द्रीय सर्कुलरकै आधारमा अहिले एमालेले सदस्यता नवीकरणबाहेक अन्य काम स्थगन गरेको बताउँछन्।
माओवादी केन्द्रका नेता देबेन्द्र पौडेल पनि आन्तरिक पार्टी काम ठप्पै भएको स्वीकार्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed