Breaking News.... EverestOnlineKhabar
August 16, 2026

टर्कीमा आतंकवादमा संलग्न भएको आरोपमा १३ पत्रकारलाई जेल सजाय

Loading

बीबीसी । टर्कीको एक अदालतले आतंकवादमा संलग्न भएको आरोपमा १३ जना पत्रकारलाई जेल सजाय तोकेको छ । विपक्षी कमहरिएत नामक पत्रिकाका ती पत्रकारलाई एउटा गैरकानूनी आंतकवादी संस्थालाई सघाएको टर्की सरकारको आरोप छ । सजाय पाउने पत्रकारमध्ये केही प्रमुख सम्पादक, कार्नुनिष्ट देखि टर्कीका चर्चित टिप्पणीका रसम्म रहेका छन् । यद्यपी उनीहरुले पुनरावेदनमा पुन: अपिल गर्न सक्नेछन् ।

सो पत्रिकालाई कुर्दिश पिकेके, बामपन्थी समूह र कू गर्न सहयोग गरेको आरोप लाग्दै आएको एउटा सञ्जालका समाचारलाई लिएर अभियोग लागेको थियो ।  सन् २०१६ मा टर्कीमा कू को प्रयास गरेको आरोपमा यसअघि पनि विभिन्न पेशामा आवद्ध ५० हजार भन्दा बढी मानिसहरुलाई पक्राउ गरिएको थियो ।

यस्तै १ लाख ५० हजार भन्दा बढीलाई बर्खास्त गरिएको थियो । पछिल्लो घटनाले विश्व प्रेस जगतको स्वतन्त्रता हनन भएको भन्दै  अन्तर्राष्टिय समुदायले आलोचना गरेको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.