Breaking News.... EverestOnlineKhabar
August 18, 2026

राष्ट्रपतिबाट हनुमान ढोका दरबार क्षेत्रको अवलोकन, पुनःनिर्माणमा मौलिकतालाई कायमै राखेर अघि बढ्न निर्देशन

Loading

काठमाडौँ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट हनुमान ढोका दरबार क्षेत्र वरपर हुँदैआएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको अवलोकन भएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट काष्ठमण्डप, हनुमान ढोका दरबारसहित त्यस क्षेत्रका ऐतिहासिक सम्पदामा ठूलो क्षति पुगेको थियो । राष्ट्रपति भण्डारीले बसन्तपुर गद्दी बैठक, काष्ठमण्डप, हनुमान ढोका दरबार परिसरका सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको चासोपूर्वक जानकारी लिनुभएको थियो ।

अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपाली संस्कृति र परम्पराअनुसारका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा आफ्नो मौलिकतालाई कायमै राखेर अघि बढ्न निर्देशन दिनुभयो । पुनःनिर्माणको काम ढिलै भए पनि अघि बढेकाले अब यसलाई निरन्तरता दिन राष्ट्रपतिबाट निर्देशन भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

भूकम्पबाट क्षति भएकामध्ये नौ तल्ले दरबार चीन र गद्दी बैठक अमेरिकाको सहयोगमा निर्माण हुँदैछ भने स्वदेशी लगानीमा काष्ठमण्डप बनाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.