Breaking News.... EverestOnlineKhabar
June 27, 2026

प्रधानमन्त्री ओली विपक्षी दलको आलोचनामै केन्द्रीत,भूकम्पको सम्झनामा आयोजित कार्यक्रममा पनि सरकारकै गौरवगान

Loading

काठमाडौ,बैशाख ।
वामगठबन्धनलाई जनाले स्थिर सरकार र मुलुकको विकासको आशामा प्रचण्ड बहुमत दिएर पठाएका थिए । तर,वामगठबन्धन त्यसमा पनि वामगठबन्धनको तर्फवाट स्पष्ट बहुमत प्राप्त गरेर प्रधानमन्त्री केपीशर्मा ओली विपक्षी दलको आलोचना र सरकारको गौरवगान गाउँदैमा समय बबर्ताद पारिरहेका छन् । प्रधानमन्त्री ओली र वर्तमान मन्त्रीपरिषद्का सदस्यहरु विकास निर्माण र मुलुकको सम्बृद्धितिर ध्यान दिने भन्दा पनि झुटा आश्वानसन र भाषणमा आमजनतालाई मख्ख पारिरहेका छन् । सरकार गठन भएको दुई महिनाभन्दा बढी बितिसक्दा पनि जनताको जिवनस्तरमा परिर्वतन हुने कुनै ठोस योजना प्रस्तुत गर्न सकेको छैन वर्तमान सरकारले ।

बुधबार पनि प्रधानमन्त्री ओलीले उखानटुक्का युक्त भाषण र विपक्षी दलको आलोचनासहित वर्तमान सरकारकै तारिफमा समय खर्चेका छन् । गोरखा भूकम्पको सम्झनामा बुधबार धरहरा क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसीवाद नभइ जनवाद ल्याउन सरकार क्रियाशील रहेको बताए । विपक्षी दलले सरकारले शक्ति केन्द्रित गर्न थालेको र निरंकुशता लाद्न खोजेको आरोप लगाइरहेका बेला ओलीले त्यसको खण्डन गरेका हुन् । प्रधानमन्त्री ओलीले भनेः‘भ्रष्टाचार नियन्त्रण गर्न थाल्यो भने सरकार बलियो हुन थाल्यो, तानाशाही हुन आँट्यो, यहाँ त फाँसीवाद आउने खतरा भयो भनिन्छ । फाँसीवाद होइन, यहाँ जनवाद आउँदैछ । फाँसीवाद होइन समृद्धिवाद आउँदैछ, सुखीवाद आउँदैछ ।’
उनले जनतालाई बलियो बनाउने र देशलाई समृद्ध बनाउने सरकारको उद्देश्य रहेको बताए । सबै जनताले लगाउन पाउने, बास बस्न पाउने, छोराछोरी पढाउन पाउने वातावरण बनाउन सरकार क्रियाशील रहेको उनको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.