![]()
काठमाडौ,बैशाख ।
महाभूकम्प गएको आज तीन वर्ष पुरा भएको शन्र्दभमा प्रधानमन्त्री केपी शर्मा ओली धरहरा पुगेर भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिएका छन्। हजारौको ज्यान जाने गरी गएको बिनाशकारी भूकम्पको सम्झनामा बुधबार विभिन्न कार्यक्रमको आयोजना भईरहेका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली धरहरा पुगेका हुन्। प्राधिकरणले हालसम्म गरेका कामबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले पुर्ननिर्माणमा भईरहेको ढिलाईप्रति असन्तुष्टि जनाएका छन् ।
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो काठमाडौं दरबार परिसरको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। गत २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा झण्डै १० हजारले ज्यान गुमाएका थिए।
क्षतिग्रस्त संरचनाहरूको निर्माण कार्य जुन रूपमा हुनुपर्ने हो, त्यस गतिमा हुन सकेको छैन । गत पुस महिनासम्म विश्व सम्पदा सूचीमा समावेश सम्पदामध्ये काठमाडौं उपत्यकाभित्रका २२ प्रतिशत सम्पदाको मात्रै पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।


