![]()
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्ततः बैशाख २८ मै दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आउने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले प्रस्ताव गरेकै तिथिलाई अनुमोदन गरेपछि मोदी बैशाख २८ गते नेपाल आउने निश्चित भएको हो ।
नेपालले समान हैसियतको विषय उठाउँदै आए पनि भारतीय पक्षले आफू खुशी तय गरेको तिथिलाई भने प्रधानमन्त्री ओलीले पनि अस्वीकार गर्न सकेनन ।
भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने निश्चित भएसंगै नेपालका प्रधानमन्त्री केपी ओलीको बेइजिङ यात्रा पछाडि धकेलिएको छ।
आगामी शुक्रबार चीन जान लागेका मोदी त्यहाँबाट फर्केको एक सातापछि नेपाल आउने भएका हुन ।
भारतीय शिष्टाचार महापालसहितको टोली केही दिनपछि आउने भएपनि, सुरक्षा निकायका टोली भने काठमाडौं उत्रिसकेका छन्। उनीहरुले सुरक्षाको दृष्टिकोणबाट विभिन्न क्षेत्रको अवलोकन गर्न थालेका छन्। मोदी जनकपुर समेत जाने भएकाले त्यस स्थानको सुरक्षालाई समेत ध्यानमा राखिएको छ।


