![]()
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले नेपालमा एकदलिय शासन चलाउने अभ्यास सुरु गरिसकेको दाबी गरेका छन ।
काठमाडौं । राष्ट्रियसभा गृहमा शनिबार आयोजित नेपाली कांग्रेसको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले फेरि एकपटक नेपालमा एकदलिय शासन चलाउने अभ्यासमा सरकार लागेको दाबी गरेका हुन । उनले एकदलिय शासनको प्रतिकारमा एक ढिक्का हुन कार्यकर्तालाई निर्देशन पनि दिए ।
स्वायत्त निकायका रुपमा रहेका सम्पत्ति शुद्धिकरण, गुप्तचर संयन्त्र लगायतलाई प्रधानमन्त्रीले आफू मातहत राखेको विषयप्रति लक्षित गर्दै सभापति देउवाले सबै अधिकार आफूमा निहित गराई सरकारले अधिनायकवादी शासन सुरु गर्ने संकेत दिएको जिकीर गरे ।
सभापति देउवाले एक अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम छोडेर अधिनायवादी सरकार विरुद्ध एकजुट हुन सम्पूर्ण युवा शक्तिलाई उनले आह्वान गरे। प्रधानमन्त्रीका गतिविधि अधिनायकवाद उन्मुख भएपछि संचारमाध्यम पनि उनको बिरोध गर्न डराइरहेको उनले बताए । बर्तमान सरकारले गरेका गलत गतिविधिको निर्धक्क बिरोध गर्न उनले संचारमाध्यमलाई आग्रह पनि गरे ।
सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरि संगठन सुदृढीकरणमा लाग्न युवा शक्तिलाई निर्देशन पनि दिए।


