Breaking News.... EverestOnlineKhabar
October 3, 2026

एथ्लेटिको हार्दा बार्सिलोनालाई फाइदाःबार्सिलोना उपाधिका लागि एक जित टाढा

Loading

एजेन्सी,बैशाख ।
एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडसँग हार व्यहोरको छ । यससँगै बार्सिलोना स्पेनिस ला लिगाको उपाधिका लागि एक जित मात्र टाढा छ । २९ अप्रिलमा डिपोर्टिभोलाई हराए बार्सिलोनाले चार खेल अघि नै उपाधि जित्नेछ ।
घरेलु मैदानमा भएको खेलमा रियल सोसिडाडले एथ्लेटिकोलाई ३–० ले हराएको हो । डा सिल्भाले २७ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
बाँकी दुई गोल भने खेलको अन्त्यतिर भएको थियो । ८० औं मिनेटमा गोल गरेका जुआन्मीले अतिरिक्त समयमा गोल थप्दै सोसिडाडलाई ३–० को जित दिलाए ।
एथ्लेटिको मड्रिड ३३ खेलबाट ७१ अंकका साथ दोस्रो स्थानमा छ भने लिग लिडर बार्सिलोनाको ८३ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed