Breaking News.... EverestOnlineKhabar
August 16, 2026

ताइवानलाई कडा चेतावनी दिँदै चीनले गर्यो सैन्य शक्ति प्रदर्शन

Loading

एजेन्सी,बैशाख ।
चिनियाँ सुरक्षाबलले बुधबार ताइवानलाई लक्षित गर्दै सैन्य हवाइ अभ्यास सुरु गरेको ताइवानको स्थानीय संचारले खबर गरेको छ । संवेदनशील क्षेत्र मानिने दक्षिणपूर्वतर्फ नै चीनले सैन्य प्रदर्शन गरेपछि ताइवानले घटनाप्रति आपत्ति जनाइरहेको बताइएको छ । चिनियाँ राष्ट्रिय संचारले भने उक्त सैन्य अभ्यास ताइवानको कानूनी स्वतन्त्रता पाउने प्रयासको विरोधमा सुरु गरिएको जनाएको छ ।
राष्ट्रपति साइ इङ वेन स्वाजील्यान्ड भ्रमणमा गएकै समय चीनले ताइवानबाट केबल १७० किलोमिटरको दुरीमा सैन्यबल प्रदर्शन गर्दै धम्की दिइरहेपछि रक्षा मन्त्रालयका प्रवक्ताले बुधबार आक्रोश जनाएका हुन् । चीनले भने उक्त सैन्य प्रदर्शन पछिल्लो हप्ता ताइवानको सैन्य अभ्यासको प्रतिउत्तरमा गरिएको भन्दै १६ घण्टासम्म जारी राख्ने बताएको छ ।
ताइवानका जनतामा प्रभाव पार्न चीनले बारम्बार यस्तो प्रयास गर्ने गरेको ताइवानका प्रमुख कानून निर्माताको भनाइ छ । चीनबाट सैन्य खतरा भन्दा पनि जनतामाथिको प्रभाव हावी हुन सक्ने उनले बताए । चीनले लामो समयदेखि नै ताइवानलाई चीनभित्रै पर्ने अर्को क्षेत्र रहेको दाबी गर्दै आएको छ । १९४० को चिनियाँ युद्धपछि दुवै देशमा छुट्टा छुट्टै शाषन रहँदै आएपनि चीनले ताइवानलाई कानूनी रुपमा स्वतन्त्रता दिलाउनेबारे लगातार विरोध जनाउने गरेको छ । ताइवानका ८० प्रतिशत जनता पनि चीनसँग एक हुने योजना विरुद्ध रहेको सर्वेक्षणले देखाएको बताइन्छ । तरपनि ताइवानले भने चीनको धम्कीेसँग कहिल्यै नडराउने भन्दै स्वतन्त्रताको प्रक्रिया अघि बढाइरहने अडान लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.