![]()
काठमाडौ,बैशाख ।
काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अझैसम्म हुन सकेको छैन ।
राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार उक्त जहाज त्यहाँबाट नहटाएसम्म अन्तर्राष्ट्रिय उडान कुनै पनि हुन सक्ने अवस्था छैन । उनले उक्त जहाज हटाउने प्रयास गरिएको जानकारी दिए ।
उनले भनेः‘ चौरतर्फ रहेको उक्त जहाज त्यहाँबाट हटाउने प्रयास जारी रहेको छ, हटाउनका लागि कम्तिमा पनि २ घण्टा लाग्न सक्छ ।’ राति पौने १० बजेदेखि नै अन्तर्राष्ट्रिय उडान ठप्प भएको उनले जानकारी दिए । चालक दलका सदस्यसहित १३९ जना यात्रु रहेको जानकारी दिँदै उनले सबै यात्रु सकुशल रहेको जानकारी दिए ।
मालिन्दो एयरको विमान बोइङ ७३७–९ जीपी (इआर) कोटेश्वरतर्फको धावनमार्गमा चिप्लिएको थियो ।


