Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । विश्व फुटबलको महामेला विश्वकप फुटबल सुरु हुन अब दुई महिना भन्दा कम समय छ । ३२ देशले प्रतिस्पर्धा गर्ने रुस विश्वकप २०१८ मा पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिको पहिलो प्रयोग हुँदैछ ।

युरोपका विभिन्न लिगमा प्रयोग भइरहेको भिएआर विश्वकपमा प्रयोग गर्ने तयारी स्वरुप गएको वर्ष रुसमै भएको कनफेडेरेशन कपमा विश्व फुटबलको प्रशासकीय निकाय फिफाले भिएआर प्रयोग गरेको थियो ।

त्यसमा देखिएका कमजोरी समाधान गरी विश्वकपमा यो प्रविधिको प्रयोग हुँदैछ । यसले दुविधा भएको अवस्थामा रेफ्रीलाई सही निर्णय गर्न सहयोग गर्नेछ । यस्तै विश्वकपमा भिएआर मार्फत सही निर्णयका लागि रि–प्ले गरेर हेरिने भिडियो दर्शकले पनि देख्ने गरी ठूलो स्क्रिनमा गरिने भएको छ ।

आलोचना भइरहेका बेला प्रयोग हुन लागेको भिएआरलाई दर्शकले पनि देख्ने गरी प्रयोग हुने अवस्थाका लागि ठूलो स्क्रिनमा रि–प्ले गरिने भएको हो । तर निर्णय लिँदै गर्दा भने यो भिडियो देखाइने छैन । अफिसियलले निर्णय लिइसकेपछि भने ठूलो स्क्रिनमा भिडियो रि–प्ले गरिने फिफाले घोषणा गरेको हो ।

समर्थकले निर्णय प्रक्रिया प्रभाव नपारुन् भन्ने उद्देश्यले निर्णय भइसकेपछि मात्रै भिडियो रिप्ले गर्ने निर्णय भएको फिफाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.