Breaking News.... EverestOnlineKhabar
August 29, 2026

क्यानको विशेष साधारणसभाःनिलम्बन हट्ने आशा

Loading

काठमाडौ,बैशाख ।
नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा आज सुरु हुँदैछ । नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवाका लागि महत्वपूर्ण मानिएको साधारणसभाले नयाँ विधानलाई संसोधन गरेर पारित गर्ने विश्वास गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर नयाँ विधान तयार पारिएकाले साधारणसभाले पारित गर्ने विधानलाई आईसीसीले मान्यता दिँदै नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवा गर्ने सम्भावना रहेको नेपाली क्रिकेट क्षेत्रका विज्ञको भनाई छ ।
क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटमाथिको निलम्बन हट्ने सम्भावना अब बढेको र निलम्बन हट्ने सुनिश्चितता भए हदैसम्म लचिलो हुन तयार रहेको दावी गरे । आज ११ बजेदेखि काठमाडौंमा सुरु हुने साधारणसभा भोलि सकिनेछ ।
गएको भदौमा भएको क्यानको विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको विधानलाई संशोधन गर्दै साधारणसभामा १७ जना सदस्यले भोट हाल्न र चुनावमा उठ्न पनि पाउने तथा राष्ट्रिय खेलकुद परिषद्का सातजना पदाधिकारी बिना मताधिकार साधारणसभामा रहन पाउने व्यवस्था गरेपछि आईसीसीले अस्वीकृत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.