![]()
काठमाडौ,बैशाख ।
महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धिरजप्रताप सिंहको सरुवा भएको छ। सरकारले गत आइतबार सिंहको महाशाखामा सरुवा गरेको हो। एसएसपी सरुवाको अधिकार गृहमन्त्रालयको भएपनि मन्त्रीपरिषद्ले नै उनको सरुवा गरेको स्रोतको भनाई छ । उनको काज सरुवा भएको हो।
सिंह लामो समय काठमाडौं परिसरमा काम गरेकाले उनी यहाँको सुरक्षा चुनौतीबारे जानकार प्रहरी अधिकारी हुन्। हाल उनी संघीय प्रहरी इकाई बाग्मतीमा कार्यरत छन्। ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धानमा चलखेल गरेको खुलेपछि महाशाखाका एसएसपी दिवेश लोहनीलाई हटाएपछि रिक्त रहेको महाशाखामा उनलाई सरुवा गरिएको हो। सिंह लोहनीकै ब्याचमेट हुन्।


