![]()
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको ‘वान टु वान’ निष्कर्षविहीन भएको छ ।
एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री निवास बालुवाटारमा भएको बार्तामा एकीकरणका जटिलता फुकाउन छलफल भएपनि कुनै सहमति हुन नसकेको दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली र दाहालबीच करिब २ घण्टा जनयुद्ध, निर्वाचन चिन्ह र समान हैसियतका बिषयमा छलफल भएको थियो । दुई नेताबीच सहमति हुन नसकेपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठकमा छलफल गर्ने गरी वार्ता टुंगिएको थियो ।
नेतहरुबीच एकीकृत पार्टीको केन्द्रीय समिति २९९ सदस्यी बनाउनेमा सहमति भएपनि कुन पार्टीबाट कति जना रहने भन्ने मिलाउन कठिन छ । माओवादीमा झण्डै ४५ सय केन्द्रीय नेता छन् ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने घोषणा गर्ने तयारी गरिएको छ ।


