Breaking News.... EverestOnlineKhabar
October 2, 2026

काठमाडौंमा बलात्कारपछि एक युवतीको विभत्स हत्याः हत्याको आशंकामा १० जना पक्राउ

Loading

काठमाडौ,बैशाख ।
काठमाडौंको टोखा नगरपालिकामा एक युवतीको विभत्स हत्या भएको छ । हत्यामा संलग्न रहेको आशंकामा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या गरिएकी युवतीको टाउको गम्भीर चोट लागेको र उनी अर्धनग्न रहेकाले बलात्कारपछि हत्या भएको हो कि भन्ने आशंका रहेको प्रहरीले जानकारी दिएको छ ।
गएराति टोखा ७ बसुन्धरामा कच्ची सडकको छेउमा युवतीको शव फेला परेको काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार युवतीलाई धारिलो हतियारले हानेर हत्या गरिएको छ । हत्यामा संलग्न रहेको आशंकामा अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले अनुसन्धान थालेको छ ।
मृत्यु भएकी युवतीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । प्रहरीका अनुसार मृत्यु भएकी युवती करिब २६–२७ वर्षकी रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed