![]()
एजेन्सी,बैशाख ।
अमेरिकाले रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । सिरियासँग सम्बन्ध राख्ने सबै रुसी कम्पनीलाई प्रतिबन्ध लगाउने तयारी गरेको हो । प्रतिबन्धका बारेमा थप जानकारी आज दिइने अमेरिकाले जनाएको छ ।
राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले सिरियामा रसायनिक हतियार प्रयोग हुन नदिन अमेरिका प्रतिबद्ध रहेको बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सिरियामाथि पश्चिमी देशले थप क्षेप्यास्त्र प्रहार गरे अन्तर्राष्ट्रियस्तरमा अस्तव्यस्तता निम्त्याउने चेतावनी दिएका छन् ।


