Breaking News.... EverestOnlineKhabar
August 18, 2026

३३ केजी सुन काण्डःसनम शाक्य हत्याकाण्डमा १७ जना पक्राउ, ३८ जनाको सम्पत्ती रोक्का

Loading

विराटनगर,बैशाख ।
३३ केजी सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आंशकामा पूर्वी नेपालका केही सुन व्यपारीसहित ३८ जना व्यक्तिमाथी अनुसन्धान सुरु भएको छ । सनमको हत्या आंशकामा तानिएकाहरुको सबै सम्पत्ती रोक्का गरी अनुसन्धान थालिएको हो । हत्या अनुसन्धान गर्न प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ । अनुसन्धान तानिएका २१ जना भने फरार छन् ।
सुनकाण्डमा शाक्यको हत्या पश्चात घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा एक टोली गठन गरिएको थियो । सहसचिव पौडेलको टोली पूर्वी नेपाल आएपछि ३८ जनाको सम्पती रोक्का गरी उनीहरुमाथि अनुसन्धान थालेको प्रहरी स्रोतले जनाएको छ । उर्लाबारी मोरङ घर भएका शाक्यको हत्यापछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । प्रहरीले चैत २६ गते अनुसन्धानका लागि ३८ जनाको सम्पूर्ण कारोबार रोक्का गर्न अदालतसँग अनुमति मागेको थियोे । अदालतले सोही दिन नै बैंक खाता, जग्गालगायत सबै सम्पती रोक्का गर्न अनुमति दिएको थियो ।

गत चैत २६ गते मोरङबाट पक्राउ परेका १७ जनाविरुद्ध अनुसन्धानकालागि म्याद थप गरिएको छ । त्यसबाहेकका अन्य २१ जनामाथि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीको फरार सूचीमा ३३ किलो सुन आयात र सनन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुडामणि उप्रेती पनि छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचीमा परेका छन् ।
प्रहरीले नियन्त्रणमा लिइएका १७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ भने अन्य २१ जनाविरुद्ध पनि सोही मुद्दामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले धरानबाट‘चाचाजी’ भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे छन् । जिल्ला अदालत मोरङबाट उनीहरुमध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागू हुने गरी १५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि तस्करहरुले खोजीका लागि यातना दिनेक्रममा भरिया सनम शाक्यको मृत्यु भएको बताइन्छ । १९ फागुनमा सनमकोे शव राखिएको स्कारपियो गाडी विराटनगर–३ मा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.