Breaking News.... EverestOnlineKhabar
August 18, 2026

एमाले–माओवादी केन्द्र एकता प्रक्रियाःप्रचण्ड र ओलीबीच छलफल

Loading

काठमाडौ,बैशाख ।
एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियामा केहि दिनअघि जारी सम्वादहिनताको अवस्थामा बे्रक लागेको छ । लामो समयको अलमलपछि एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा आज फेरि छलफलमा जुटेका छन् । छलफलका लागि माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सीधै बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ ।
प्रचण्ड आराम गर्न भन्दै सुकुटेस्थित रिसोर्टमा गएपछि आइतबार बिहान हुने भनिएको एमाले–माओवादी वार्ता हुन सकेको थिएन । एक रात सुकुटेमा आराम गरेका प्रचण्ड आज बिहान १० बजे प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका हुन् । त्यसअघि ओली–प्रचण्डबीच फोन वार्ता भएको स्रोतले बतायो ।
एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । तर, केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी छ । ओली भारत भ्रमणबाट फर्किएलगत्तै प्राविधिक कुरा मिलाउन एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न नसक्दा वैशाख ९ मा एकता हुनेमा आशंका उत्पन्न भएको छ ।
चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन । चुनाव चिह्नमा केही लचक देखिएको माओवादी पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द राख्नुपर्ने र केन्द्रीय समितिमा बराबरी सदस्य संख्या हुनुपर्ने अडानमा छ । भातृ संगठनहरुले पनि जनयुद्ध र बराबरी हैसियत नहुने भए एकता नगर्न अध्यक्ष प्रचण्डलाई दबाव दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.