![]()
मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा ठूलो ताल रारामा शनिबार बोटिङ गरेका छन् । प्रदेश ६ को पर्यटकीय स्थलको महत्वपूर्ण आकर्षण रहेको राराबाट उनले विहान सम्बोधन समेत गरेका थिए । उक्त कार्यक्रममा सहभागी हुन उनी शुक्रबारै मुगु प्रस्थान गरेका थिए ।

आफ्ना सहयोगी र मन्त्रीहरूसँगै प्रधानमन्त्री ओलीले डुङ्गा चढेर रारा नेपालको सौन्दर्यको एउटा महत्वपूर्ण सम्पत्ति रहेको सन्देश पनि दिएका थिए ।
प्रधानमन्त्रीसंगै एमाले नेता सुवास नेम्वाङ, केन्द्रीय र प्रदेश ६ का सरकारका मन्त्रीहरुले पनि डुंगा शयर गरेका थिए ।


